काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईंलाई काम गर्ने वातावरण मिलाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको छ ।
मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले आज एक पत्र लेख्दै गुरागाईंलाई काठमाडौं महानगरमा नै निरन्तर गर्न पत्र पठाएका हुन् । यसअघि गुरागाईंले महानगरमा काम गर्ने वातावरण नपाएको भन्दै मन्त्रालयलाई पत्र बुझाएका थिए ।
पत्र आउने बित्तिकै बुधबार नै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता पराजुलीले बताएका हुन् । करिब दुई महिनादेखि महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
१२ तले काठमाडौं टावरको १९ तला थप गराएको सम्झौतामा हस्ताक्षर गरेको आरोपमा गुरागाईंलाई काठमाडौं महानगरका मेयर बालेन शाहले अघोषित निलम्बनमा गरेका थिए ।












