
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यविन्दु नगरपालिकामा आज फागुन २२ गतेदेखि फागुन २५ गतेसम्म मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव आजदेखि सुरु हुन गइरहेको छ ।
यो महोत्सवलाई आज दिउँसो कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्न लागेका छन् । उक्त महोत्सवमा कृषिजन्य सामाग्रीहरु र रैथाने खाना राखिने आयोजकले बताएका छन् ।
यो महोत्सवले देश कृषिमा आत्मनिर्भर हुन टेवा पुग्ने विश्वास गरिएको छ । यहाँ राखिएका सामग्री कृषिजन्य र उत्पादन पनि कृषिलाई लक्षित गरेको देखिन्छ ।
नेपाल पहिलादेखि नै पनि कृषिप्रधान देश भएकोले अब हुनुपर्छ भन्ने मान्यता यो महोत्सवले देखाएको छ । हिजोसम्म देश कृषिमा आत्मनिर्भर थियो अब पनि अनिवार्य रुपमा हुनुपर्ने सन्देश दिने महोत्सवको उद्धेश्य रहेको छ ।