बुटवल । नवलपरासी पश्चिममा दुई समूहवीच झडप हुँदा २० जना घाइते भएका छन् । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहवीच झडप हुँदा २० जना घाइते भएका हुन् ।
स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिवीच झडप भएको प्रहरीले जनाएको छ । केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि झडप भएको स्थानीयले प्रहरीले बताएको छ ।
झडप नियन्त्रणका लागि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो । ७ राउन्ड अश्रु ग्यासको प्रयोग गरेको छ । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय महेसपुरकाे एउटा गाडीमा पनि आगजनी गरेका छन् ।













