
काठमाडौँ । ललितपुरको सुनाकोटीको सिभिल होम्समा आगलागी भएको छ । सिभिल होम्सको ब्लक ५ मा रहेको एक घरमा आगलागी भएको हो ।
सो घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो । ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन लागिरहेका छन् ।
दुई दमकलको सहारामा नेपाल प्रहरी, ललितपुर नगरप्रहरी र स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको छ । आगो लगभग नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।