४ फाल्गुन २०८२, सोमबार

चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे


चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपाया मरे

मुग्लिन, चितवन । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो । दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उहाँले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !