१ फाल्गुन २०८२, शुक्रबार

सिरिजङ्गा सरोकार समाज नेपालको सातौँ वार्षिक साधारणसभा सम्पन्न


सिरिजङ्गा सरोकार समाज नेपाल

काठमाडौँ । सिरिजङ्गा सरोकार समाज नेपालको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज माघ ५ गते शनिवारका दिन काठमाडौं महानगरपालिका वडा नं. २९ स्थित सामाजिक विकास समाजको सभाहल, अनामनगरमा भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।

यस वार्षिक साधारणसभाको अध्यक्षता सिरिजङ्गा सरोकार समाज नेपालका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईज्यूले गरेका थिए । प्रतिनिधिसभाका सदस्य एवं मन्त्रि माननीय योगेश कुमार भट्टराईको प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य माननीय उर्मिला थेव विशिष्ठ अतिथि रहेका थिए ।

बरिष्ठ अधिवक्ता हर्क भट्टराई, बरिष्ठ अतिथि डिल्ली प्रसाद मैनाली, उपसचिव जितेन्द्र श्रेष्ठ, परराष्ट्र मन्त्रालयका प्रोटोकल अफिसर प्रविण भट्टराई, राष्ट्रसेवक लिला भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका ताप्लेजुङका सभापति ईन्जिनियर विरेन्द्र श्रेष्ठ, सिरिजंघा गाउँपालिकाका निवर्तमान अध्यक्ष टिका गुरुङ, स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष अधिवक्ता योज्ञमणि न्यौपाने, पूर्व डिएसपी एवं समाजसेवी खड्ग प्रसाद पौडेल, ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बल बहादुर तामाङ, ताप्लेजुङ समाजका प्रतिनिधि, खेवाङ हातेमालो समाजका अध्यक्ष हरिचन्द्र दहाल, ढोक्प्या लनिङ ग्राउण्डका अध्यक्ष डण्डु लामा, मामाङ्खे समाज नेपालका अध्यक्ष प्रदीप तुखेसा माबो, काम्यक स्कुलका प्रिन्सिपल धनेश्वर राउत, वरिष्ठ पर्यटन व्यवसायि तथा लेखक राजेन्द्र मान डंगोल, कब्वेव ट्राभल्स तथा टुर्सका संचालक अध्यक्ष महेश्व के.सी., यालुङ समाजका अध्यक्ष प्रेम गुरुङ, औषधी व्यवसायी मिङ्मा भोटिया, सिरिजंगा सरोकार समाजका निवर्तमा उपाध्यक्ष एबं समाजसेवी देवी प्रसाद गौतम, रक्तदान सेवा समाजका अध्यक्ष एबं समाजसेवी भक्ति भट्टराई, कलाकार संघका कार्यसमितिका पदाधिकारी एबं समाजसेवी/गायक श्री आशिस भट्टराई, उन्नतशील शैक्षिक सेवा ताप्लेजुङ नेपालका कोषाध्यक्ष श्री पूर्ण बहादुर महत समेत महानुभावहरुले आतिथ्यता ग्रहण ग्रहण गर्दै सिरिजंगा सराकार समाजले प्रस्तुत गरेका कावेली करिडर अन्तराष्ट्रिय राजमार्गको औचित्यका बारेमा चर्चा गर्दै समाजको सातौ वार्षिक साधारणसभाको सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

यस अवसरमा काबेली करिडर अन्तर्राष्ट्रिय राजमार्गका लागि नागरिकका तर्फबाट सिरीजंगा सरोकार समाज नेपाल मार्फत प्रस्तुत नागरिक मागपत्र प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टरााई तथा प्रतिनिधिसभा सदस्य माननीय उर्मिला थेवेलाई संयुक्त रुपमा समाजका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले हस्तान्तरण गरेका थिए ।

कार्यक्रमा प्रमुख अतिथि योगेश कुमार भट्टराई तथा माननीय उर्मिला थेबेबाट सो नागरिक मागपत्र बुझ्‌दै आवश्यक पहल गर्ने तथा आगामी योजना बजेटमा समाबेश गर्न सक्दो प्रयत्न गर्ने आश्वासन दिंदै सिरीजंघा गा.पा. लगायत जिल्लाका विकास निर्माण तथा आगामी विकास निर्माणका बारेमा चर्चा गर्दै सातौं बार्षिक साधारणसभाको सफलताको लागि शुभकामना व्यक्त गरे ।

यस कार्यक्रमको संचलन समाजका महासचिव विरेन्द्र कुमार दाहालज्यूले संचालन गरेका थिए भने कार्यक्रममा स्वागतम् मन्तव्य समाजका सचिव अधिवक्ता जीवन कुमार बस्नेतज्यूले गरेका थिए । प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायत अथिथिज्यूहरुलाई व्याज वितरण समाजका आजीवन सदस्य सीतादेवी गौतमले गरेकी थिइन् ।

यस कार्यक्रममा समाजका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईबाट आजीवन सदस्य बन्ने विभिन्न महानुभावहरुलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरेका थिए ।

यस कार्यक्रममा विगत झै माघेसंक्रान्तिको उपलक्ष्यमा सेल रोटी, घरतरुल, सिमल तरुल, तील लड्डु, अचार, आलु फ्राई लगायतका स्थानीय परिकारहरुको खानपीन गरी शुभकामना आदान प्रदान गरी माघेसंक्रान्ति पर्व मनाइएको थियो ।

यस कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथिहरु लगायत सबै उपस्थित महानुभावहरुलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !