२ फाल्गुन २०८१, शुक्रबार

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु


Tiger प्रतीकात्मक तस्वीर

गुलरिया, बर्दिया । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उहाँ बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !