दार्चुला । दार्चुला जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ ।
यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुबिधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार विसं २०४२ मा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन् ।
जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी कारागारमा रहेका छन् । उनले भने, “थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्दाको पैmसलाका कारण थुनुवा बढेका छन् ।” जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ ।