२३ पुस २०८१, मंगलबार

आजैबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडादर वृद्धि


यातायात

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले आजै सोमबारदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको हो ।

सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरिएको छ । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !