२० पुस २०८१, शनिबार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का


राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौँ । सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सिनियर डिभिजनल सिस्मोलोजिष्ट डा. लोक विजय अधिकारीका अनुसार आज दिउँसो १ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको मजिटार आसपास केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म सिन्धुपाल्चोक जिल्लासहित काठमाडौँ उपत्यका र रसुवामा समेत महसुस भएको छ। केन्द्रका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार यसअघि पुस १६ गते मंगलबार बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !