काठमाडौं । मानव वेचविखनविरुद्धकी अभियान्ता तथा शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ । आज बिहान जोरपाटीस्थित निवासमा उनको ४७ वर्षको उमेरमा निधन भएको हो ।
राति खाना खाएर सुतेकी दनुवार विहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएको उनका श्रीमान्ले बताएका छन् । बिहान उठेर श्रीमानले बोलाउन जाँदा दनुवार अचेत अवस्थामा फेला परेकी र उपचारका लागि अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका बताइएको छ ।
दनुवारलाई अमेरिकाको पर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । त्यस्तै अमेरिकी विदेश मन्त्रालयले उनलाई सन् २०१८ मा ‘टिप हिरो’ को उपाधिले सम्मान गरेको थियो ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन । सुनिताका श्रीमान र एक छोरी छन् ।