६ पुस २०८१, शनिबार

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प


भूकम्प

बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ। बाजुराको पूर्वी उत्तरी क्षेत्रको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दू भएर शनिबार बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा बाजुरामा भूकम्प गएको हो ।

यसअघि गएको बिहीबार मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसैगरी गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर पनि लगातार दुईवटा भूकम्प गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !