१० पुस २०८१, बुधबार

रविमाथि भएको व्यवहारबारे बुझ्न आईजीपी कुँवरलाई बोलायो मानवअधिकार आयोगले


रवि लामिछाने

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएको छ । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भएको अमानवीय व्यवहारको आरोपबारेमा बुझ्न आयोगले आईजीपी कुँवरलाई आयोगले बोलाएको हो ।

गत बुधबार चितवनबाट रातारात पोखरा पुर्याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै आयोगमा रास्वपाले उजुरी दिएको थियो । सोही उजुरीका विषयमा सोधपुछ गर्न आयोगले आईजीपी कुँवरलाई बोलाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !