२६ मंसिर २०८१, बुधबार

प्रधानमन्त्री ओलीले चीनबाट फर्केको एक साता नपुग्दै अमेरिकी मन्त्री काठमाडौँमा


डोनाल्ड लू

काठमाडौँ । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँ आइपुगेका छन् । नेपालको औपचारिक भ्रमणका लागि उनी काठमाडौँ आइपुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली उत्तरको मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सकेर फर्केको एक साता नपुग्दै अमेरिकी मन्त्री लु काठमाडौँ आएका हुन् ।

उनले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले गत सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनी दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा क्रममा पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा आएका हुन् । उनको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !