२२ पुस २०८१, सोमबार

नेपाल र चीनबीच बीआरआई ‘फ्रेमवर्क’मा हस्ताक्षर


नेपाल र चीनबीच बीआरआई ‘फ्रेमवर्क’मा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चारदिने चीन भ्रमणका क्रममा बुधबार बेइजिङमा उक्त फ्रेमवर्कमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फ्रेमवर्कमा नेपालका तर्फबाट निमित्त परराष्ट्रसचिव अमृतबहादुर राईले हस्ताक्षर गरेका छन् । फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट) को स्थानमा सहायता (एड) शब्द राखेर सहमति भएको बुझिएको छ ।

सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ । योसँगै नेपालमा बीआरआईसँग सम्बन्धित परियोजना अघि बढाउन बाटो खुलेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !