२ कार्तिक २०८१, शुक्रबार

पूर्वडीआईजी छविलाल जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो


छविलाल जोशी

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अदालतले दिएको म्याद सकिएपछि म्याद थप गर्ने प्रयोजनका लागि उनलाई कास्की प्रहरीले जोशीलाई अदालतमा उपस्थित गराएको हो ।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोप लागेका उनी असोज ६ गते पक्राउ परेका थिए । जोशीलाई काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याइएको थियो ।

संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !