![हेटौँडाबाट–कुलेखानी–काठमाडौँ](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2023/04/Hetauda-Kulekhani-Kathmandu-Sadak-Pitch.jpg?fit=776%2C506&ssl=1)
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ र कान्ति लोकपथबाट यात्रा गर्न आग्रह गरिएको बताइन् ।
कुलेखानी, सिमखोलानजिक हेभीको उकालोमा साना गाडीहरू चढ्न नसक्ने गरी सडक बिग्रिएको छ । प्रहरीले सवारीसाधनलाई भैँसेबाट त्रिभुवन राजपथको पालुङ हुँदै काठमाडौंतर्फ पठाइरहेको उनले जानकारी दिइन् ।