१९ पुस २०८१, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी उपसचिव अर्चना खड्का अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !