४ बैशाख २०८१, मंगलबार

कांग्रेसले संसद अवरुद्ध गर्दै भन्यो :- प्रधानमन्त्रिले तत्काल संसदमा जवाफ दिनुपर्ने


sabhasad

९,असार काठमाडौ:- भूकम्पपछिको पुनर्निर्माणको विषयमा सरकारले स्पष्ट जवाफ नदिएसम्म संसद चल्न नदिने भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बिहिबारको बैठक अवरुद्ध गरेको छ ।

बैठकको सुरुमै कांग्रेसका सांसदहरुले भूकम्पपीडितको राहत तथा पुनर्स्थापनामा सरकारले वेवास्ता गरेको भन्दै संसद अवरुद्ध गरेका हुन् ।

उनीहरुले यसबीचमा प्रधानमन्त्रीले तत्कालै संसदमा उवपस्थित भई जवाफ नदिएसम्म ससदन संचालन हुन नदिने बताए ।

बैठकको सुरुमै उभिएर कांग्रेस सांसद प्रकाशसरण महतले सरकार धेरै बोल्ने तर काम नगर्ने देखिएकोले तत्कालै प्रधानमन्त्रीबाट जवाफ चाहिने बताएका थिए । यसअघि संसदले रुलिङ गरेको विषयलाई समेत वेवास्ता गरी भूकम्पपीडितलाई राहतको विषयमा केही काम गर्न नसकेको भन्दै कडा आलोचना गरे ।
भूकम्पपीडितलाई राहत स्वरुप प्रदान गर्ने भनिएको दुई लाख रुपैयाँ एकमुष्ठ उपलब्ध गराउन समेत उनले माग गरे ।

कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पनि उभिएर सोही अडान दोहोर्‍याए पछि बैठक अवरुद्ध भएको हो । त्यसपछि सभामुख ओनसरी घर्तीले शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !