१३ आश्विन २०८१, आइतबार

सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल


विष्णुप्रसाद पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन् ।

चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्कनुभएका उहाँले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे । उनी विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुटेका थिए ।

अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !