२ बैशाख २०८२, मंगलबार

राष्ट्रपतिसँग राष्ट्रसंघका उपमहासचिवको शिष्टाचार भेट


bhandari

१३ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका उपमहासचिव जेयन–पिर्रे लक्रोइस्को प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपालले निर्वाह गरिरहेको भूमिकाका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो ।(रासस)
vsvv


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !