७ मंसिर २०८१, शुक्रबार

चितवनमा बाघको आक्रमणबाट घाइते


Tiger प्रतीकात्मक तस्वीर

चितवन । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् । प्रातभ्रमणका क्रममा उनी बाघको आक्रमणमा गरेका हुन् ।

भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी उनले दिए । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !