२२ भाद्र २०८१, शनिबार

अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त


भुवन केसी

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । गत साउन ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई दशकदेखि पत्रकारिता र एक दशकदेखि पत्रकारिताको अध्यापन गरेका केसीले मिडिया, राजनीति र संसदीय मामिलामा अध्ययन तथा अनुसन्धान गर्दै आएका छन् । केसीको सम्पादन तथा सहलेखनमा पत्रकारिता र राजनीतिसम्बन्धी पुस्तक र अनुसन्धनमुलुक लेखहरु प्रकाशित छन् ।

कान्तिपुर टिभी, राजधानी दैनिक लगायत विभिन्न मिडियामा दुई दशक पत्रकारिता गरेका केसी मिडिया र राजनीतिमा विशेष दक्खल राख्छन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिशास्त्रमा एमए, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट सञ्चारमा एमए, नर्वेको युनिभरसिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राज्युएट गरेका केसीले पत्रकारितामा पिएचडी गर्दैछन् ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष भइसकेका केसीको सम्पादन तथा सहलेखनमा विभिन्न पुस्तक तथा अनुसन्धनमुलुक लेखहरु प्रकाशित छन् । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एन्ड कम्युनिकेसन प्रमुखमा कार्यरत केसी सूचनामा सहज पहुँच, पत्रकारको हकहित तथा सुरक्षा र पत्रकारिता क्षेत्रको प्रवर्धन गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !