२२ भाद्र २०८१, शनिबार

आज देशको राष्ट्रिय झण्डा आधा झुकाइने


राष्ट्रिय झण्डा

काठमाडौं । आज देशको राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने भएको हो ।

हिजो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज झण्डा आधा झुकाउने निर्णय गरेको थियो । यस शोकको घडीमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

हिजो बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते भएका छन् । उनको हाल सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !