२३ भाद्र २०८१, आइतबार

न्युरोड क्षेत्रको फुटपाथ विस्तार मंसिर २ गतेसम्म नगर्ने सहमति


न्युरोड क्षेत्रको फुटपाथ विस्तार

काठमाडौं । न्युरोड क्षेत्रको फुटपाथ मंसिर २ गतेसम्म विस्तार नगर्ने सहमति भएको छ । काठमाडौँ महानगरपालिका र स्थानीयवीच न्यूरोड क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ बिस्तार तथा निर्माणसम्बन्धी कुनै काम नगर्ने आज सहमति भएको हो ।

सहमति अनुसार समिति गठन गर्ने र उक्त समितिले दिएको सुझावका आधारमा अगाडि बढ्ने निर्णय भएको हो । विवाद बढेपछि काठमाडौं महानगरपालिकाको फुटपाथ विस्तार तत्काललाई रोकिएको हो ।

काठमाडौं–२२ र २३ क्षेत्रका सम्पदाका विषयमा अध्ययन गरिने र त्यसको प्रतिवेदन नआउन्जेल फुटपाथ विस्तार नगर्ने सहमति भएको हो । आउँदो मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेस गर्ने सहमति भएको हो ।

सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञका साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !