२२ भाद्र २०८१, शनिबार

सशस्त्र प्रहरीसँग मेराे पुरानो साइनो छ : गृहमन्त्री लेखक


रमेश लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीसँग आफ्नाे पुरानो साइनो छ भएकाे बताएका छन् । सशस्त्र प्रहरी बल नेपालकाे केन्द्रीय कार्यालय हलचाेकमा निरीक्षणका लागि पुगेका गृहमन्त्री लेखकले यस्ताे बताएका हुन् ।

२३ बर्षअघि सशस्त्र प्रहरी बलकाे जन्म अध्यादेशबाट भएकाे स्मरण गर्दै गृहमन्त्री लेखकले उक्त अध्यादेश संसदबाट पारित बताए ।

सशस्त्र प्रहरी स्थापनाबारे अध्ययन गर्न स्वर्गीय सुवासचन्द्र नेम्वाङकाे नेतृत्वमा बनेकाे समितिमा कांग्रेसबाट सदस्यका रुपमा सहभागी भई काम गरेकाे उनको भनाइ छ । “सशस्त्र प्रहरीकाे स्थापना भएकाे केही समयपछि देशमा द्वन्द सुरु हुँदा सशस्त्र प्रहरीले प्रमुख भूमिका मुख्य रह्याे । नेपालकाे सुरक्षा बलकाे शक्तिले शान्ति सम्झाैता भयाे । सबैभन्दा पछि जन्मकाे संगठनले सबैभन्दा धैरे याेग्दान गर्याे,” गृहमन्त्री लेखकले भने ।

सशस्त्र प्रहरी बलकाे सुदृढीकरण र वृद्ध विकासका लागि गृह मन्त्रालय साथमा रहने पनि उनले बताए । “राजश्व चुहावट राेक्न यहाँहरुकाे ठूलाे याेग्दान छ । प्राकृतिक प्रकाेप सशस्त्र प्रहरीकाे भूमिका प्रशंसा गर्न लायक छ ।

स्राेत र साधानकाे अभाव छ । मन्त्रालयले बढी बढी भन्दा स्राेत सनधान व्यवस्था गर्न लागिपरेको छ । मित्र राष्ट्रका जिम्मेवार व्यक्तिसँग कुराकानी भएकाे छ , ” उनले भने । यस्तै सरकारकाे अहिलेकाे प्राथमिकता सुरक्षा निकायका कानुनलाई समसमायिक संशोधन गर्ने रहेकाे गृहमन्त्री लेखककाे भनाइ छ ।

निरीक्षण कार्यक्रममा गृह सचिव एक नारायण अर्यालले सशस्त्र प्रहरी बल नेपालकाे साथमा गृह मन्त्रालय साथमा रहने बताए । “सशस्त्र प्रहरी बल नेपालकाे कानुन छिट्टै संसदमा पेस हुन्छ ।

सीमित साधान र स्राेतका वीचमा सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा तदारुकता देखाएकाे छ । आन्तरिक र बाह्य चुनाैती छन् । यसमा उच्च मनाेबलका साथ काम गर्नु हुने छ,” उनले भने ।

अहिले विपतकाे समय भएकाे भन्दै सशस्त्र प्रहरीलाई दुई महिना बढी खट्नु आग्रह गरे । सशस्त्र प्रहरीका लागि भारत, चीन र अमेरिकाबाट उच्च तहकाे प्रविधि आउने काम भइरहेकाे बताए । सचिव अर्यालले संगठनलाई बदनाम गराउने क्रियाकलाप नगर्न भन्दै सुरक्षा निकायमा चेन अफ कमान्डलाई फलाे गर्नुपर्ने बताए । “सशस्त्र प्रहरीकाे फुलीकाे गाैरव राखी जनताकाे सुरक्षा गर्नु हाेला,” उनले भने ।

यस्तै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आफ्नाे काममार्लत जन-मनमा बस्न सफल भएकाे भएकाे बताए । सरकारले आफूहरूप्रति राखेकाे विश्वासलाई काम राखि काम गर्ने उनको भनाइ थियाे । सीमा सुरक्षा बलसँग सम्बन्धि कानुनमा सुधारकाे आवश्यकता रहेकाे अर्यालले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !