१३ आश्विन २०८१, आइतबार

काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु


नदीमा डुबे

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

आज साँझ रोशी–११ स्थित भ्याकुरेखोला तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी भदैनी पाँच वर्षीया सेतीमाया रुजाल मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले खोला तर्ने क्रममा दुवैलाई बगाएको र तल्काल खोजतालस गर्दा करिब नौ सय मिटर तल मृत अवस्थामा फेला परेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !