२० असार २०८१, बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई थुनामा पठाउने अदालतको आदेश


प्रतीक थापा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले आज मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकलाई थुनामा पठाउने आदेश गरेको हो ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापालाई प्रहरीले गत शुक्रबार साँझ काठमाडौँको कपनबाट पक्राउ गरेको थियो । अदालतको यो आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा बादल गृहमन्त्री हुँदा प्रतीकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहको सदस्यका रूपमा काम गरेको प्रहरीको प्रतिवेदनले निष्कर्ष निकालेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !