१९ असार २०८१, बुधबार

तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद


रामबहादुर बम्जन

काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत सर्लाहीले बाल यौन दुरुपयोगमा दोषी ठहर भएका बमजनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीकाे इजलासले साेमबार अभियुक्त बमजनविरुद्ध यस्तो फैसला गरेकाे हो । यसअघि न्यायाधीश भण्डारीको इजलासले असार १० गते बमजनलाई दोषी ठहर गरेको थियो ।

अभियुक्त बमजनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियाे ।

बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०८० साल पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बमजन हाल महाेत्तरी कारागार जलेश्वरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !