१४ असार २०८१, शुक्रबार

बाल यौन दुराचारमा रामबहादुर बमजन दोषी ठहर


रामबहादुर बम्जन

काठमाडौं । तपश्वी रामबहादुर बमजन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले बमजनलाई आज दोषी ठहर गरेको हो ।

जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो । उनीविरुद्ध सजाय निर्धारणका लागि १७ गते पेसी समेत तोकिएको छ ।

बमजनसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बमजन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहरिएका छन् । रामबहादुरमाथि आश्रममा बस्दा त्यहाँ काम गर्ने युवतीलाई शोषण गरेको आरोप लगेको छ ।

बाराको एउटा जंगलमा ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेको पाइएपछि उनी एकाएक चर्चामा आएका थिए । उनीमाथि यौन शोषण, बलात्कार र आनीहरुलाई बेपत्ता बनाएको समेत आरोप थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बमजनलाई २४ पुस २०८० साल पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो भने सर्लाही अदालतले पुस २०८० साल पुस २७ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !