१२ असार २०८१, बुधबार

जाली लत्रिँदा १३ खच्चड कर्णालीको झोलुङ्गे पुलमा अड्किए


जाली लत्रिँदा १३ खच्चड कर्णालीको झोलुङ्गे पुलमा अड्किए

अछाम । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा १३ खच्चड बीच भागमै अड्किएका छन् । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएको हो ।

खुट्टा जालीभित्र पसेपछि आज बिहानदेखि खच्चड पुलको बीच भागमै थन्किएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । “खुट्टा पुरै जालीभित्र पसेपछि १३ खच्चड त्यहाँबाट निस्किन पाएका छैनन्”, उनले भने–“उद्धारका लागि अछाम र दैलेखका विभिन्न प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी घट्नास्थलमा खटाएका छौँ ।”

भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ । खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन् । आज बिहान ११ बजे कर्णाली नदीमा निर्मित झोलुङ्गे पुलको दाँहिने तर्फको भाग लत्रिएको हो । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । अहिले उक्त पुलमा आवतजावत बन्द छ ।

व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए । उद्धारको पहल गर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली अहिले घटनास्थलतर्फ गएको छ । अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली पनि उद्वारका लागि त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !