
काठमाडौं । कोटेश्वरको एक विस्कुटको होलसेल गोदाममा आगलागी भएको छ । आज बुधबार दिउँसो महादेवस्थानमा रहेको पाँच तले भवनको पहिलो तल्लाबाट आगो लागेको थियो ।
अहिले प्रहरी, सेना र एपीएफ तीनै निकायका सुरक्षाकर्मीले आगो निभाउने प्रयास गरिरहेका छन् । प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।
घटनास्थलमा दमकल पनि पुगेको छ । आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।