१३ असार २०८१, बिहिबार

राष्ट्रपतिसमक्ष गैरआवासीय राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेस


गैरआवासीय राजदूत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र घानाका गैरआवासीय राजदूत डा. विनफ्रेड नी ओकाइ हामोण्ड, गणतन्त्र बुल्गेरियाका गैरआवासीय राजदूत निकोलेइ यानकोभ, इरिट्रियाका गैरआवासीय राजदूत अलेम वल्डेमारियम र गणतन्त्र फिलिपिन्सका गैरआवासीय राजदूत जोसेल फ्रान्सिसीले ओहोदाको प्रमाणपत्र पेस गरे ।

समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए । नवनियुक्त राजदूतहरुलाई लाजिम्पाटस्थित दुसित पिन्सेस होटलदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !