१२ आश्विन २०८१, शनिबार

सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु


दुर्घटना

सुर्खेत । सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको हो ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेत-दैलेख सडकखण्डमा सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएको बताइएको छ । प्रहरीले अहिलेसम्म दुई जनाको शव उद्धार गरेर सडकमा ल्याइएको र बाँकी दुई जनाको ल्याउने तयारी भइरहेको छ ।

जिपमा ८ जना यात्रु सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । बाँकीको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !