१७ असार २०८१, सोमबार

महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने, मापसे गर्नेले स्वयं सेवकका रुपमा काम गर्नुपर्ने


रवि लामिछाने फाइल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने बताएका छन् ।

१७औँ गणतन्त्र दिवसका अवसरमा आज केही समयअघि सामाजिक संजालमा पोष्ट गर्दै गृहमन्त्री लामिछानेले महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने घोषणा गरेका हुन् ।

उनले गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास गरेको भन्दै मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा महिला ट्राफिक प्रहरीहरुको साटो सडकमा सघाउनु पर्ने बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास: अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनु हुनेछ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !