काठमाडौं । काठमाडौंको दरबारमार्गबाट ९८ लाखसहित सुन तस्करीका दुईजना फरार अभियुक्त पक्राउ परेका छन् । स्रोत नखुलेको ९८ लाखसहित ती दुई जना गएराति महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
उनीहरु दुवै जना सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरीले बताएको छ ।
दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा उनीहरु जोडिएको प्रहरी स्रोतले जानकारी गराएको छ । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।