१८ बैशाख २०८१, मंगलबार

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको ‘निषेधित क्षेत्र’ हट्यो


काठमाडौं उपत्यका

काठमाडौं । सरकारले काठमाडौंस्थित माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधित क्षेत्र हटाएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र हटाएको हो ।

काठमाडौं जिल्ला प्रशासनले सुरक्षा चुनौती विश्लेषण गरेर निषेधाज्ञा हटाइएको जनाएको छ । गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

चौतर्फी आलोचना भएपछि सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वरको कृष्ण टावरसम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमार्फत नयाँ वर्षको अवसरमा ‘तीन कामको सुरुवात’ गरेको बताएर पहिलो नम्बरमा निषेधाज्ञा हटाइएको विषय उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !