१८ बैशाख २०८१, मंगलबार

अख्तियारद्वारा प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता भएको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षहरु दिगम्बर झा र पुरुषोतम खनालसहित १९ जना र दुई कम्पनीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

यस्तै प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवतीराम पन्थ, सहायक निर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतीक्षा पौडेल, सहायक निर्देशक निराजन कोइरालालाई प्रतिवादी बनाइएको छ ।

उक्त भ्रष्टाचारको मुद्दामा झन्डै एक अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ । राज्यकोषमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ नोक्सानी भएको दाबी गर्दै अख्तियारले सोहीबमोजिम जरिवाना हुनुपर्ने माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !