११ आश्विन २०८१, शुक्रबार

बालिका र दलितलाई छात्रवृत्ति


Nepalpatra

३ असार, पाल्पा । सिन्दूर आधारभूत विद्यालय निस्दी गाउँपालिका–६ अर्चले पाल्पाका विद्यार्थीलाई शनिबार छात्रवृत्ति वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार ९१ बालिका र २० दलित विद्यार्थी गरी जम्मा १११ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर विकले बताउनुभयो । पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतिव्यक्ति रु ४०० का दरले छात्रबृत्ति रकम विद्यालयले वितरण गरेपछि विद्यार्थी र अभिभावक खुशी भएका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !