९ असार २०८१, आइतबार

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति


शर्मिला वाइबा

काठमाडौं । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत, काठमाडौंले आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने वाइबालाई कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा वाइबालाई हिजो सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको थियो । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै म्याकुरीले प्रहरी वृत महाराजगञ्जमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

उनलाई अहिले महाराजगञ्ज परिसरमा राखिएको छ । पवन र उनकी श्रीमतीबीचको विवादमा शर्मिलाले पवनकी श्रीमतीलाई उचालेर कुटपिट गरेको आरोप लागेको हो ।

यो पनि पढ्नुहोस्

पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !