१४ असार २०८१, शुक्रबार

पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ


शर्मिला वाइबा

काठमाडौँ । कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई कुटपिट गरेको आरोपमा आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन् ।

आफूलाई अभियन्ता बताउँदै व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने वाइबालाई काठमाडौं प्रहरीको अनुरोधमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो ।

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै म्याकुरीले प्रहरी वृत महाराजगञ्जमा जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।

घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनको खोजी थालेको प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याउँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !