१२ श्रावण २०८१, शनिबार

काठमाडौंमा श्रीमती र दुई छोरीको हत्यापछि राजुले गरे आत्महत्या !


मृत

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिका छोरीको हत्यापछि आफूले आत्महत्या गरेका हुन् ।

सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो ।

घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा राजुको शव भेटिएको हो । परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका गरेको छ ।

श्रीमती, छोरी र एक नातिनीहो हत्यापछि उनले आफ्नै ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !