१३ आश्विन २०८१, आइतबार

सरुवा भएका हाकिम राखेर गुपचुप रुपमा अबैधानिक नगरसभा गर्न खोज्दा हरिपुर्वामा झडप


हरिपुर्वामा झडप

सर्लाही । हरिपुर्वा नगरपालिकाले सरुवा भएका हाकिम राखेर गुपचुप रुपमा अबैधानिक रुपले नगरसभा गर्न खोज्दा सोमबार झडप भएको छ ।

माघ ३ गते हरिपुर्वा नपाबाट सिरहा नगरपालिका सिरहामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवलाई राखेर मेयर बिनोद कुमार साहले गुपचुपमा ११औं नगरसभा गर्न खोजेपछि अर्को पक्षले स्थगित गराएका छन् ।

नगरपालिकाले आ.व. २०८०/०८१ काे वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न नपाउदै नगरसभा झडपमा परिणत भएर स्थगित भएको हो ।

मेयर साह असक्षम र नामुद भ्रष्टाचारी रहेकोले आजको नगरसभा स्थगित गर्नुपरेको सर्वदलीय संघर्ष समितिका संयोजक बिकाउ यादवले जानकारी गराएका छन् । माघ ३ गते हरिपुर्वा नपाबाट सिरहा नगरपालिका सिरहामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवलाई राखेर आज गर्न खोजेको नगरसभा कानुन अबैध भएको र मेयर साहले नगरसभामा ल्याएको माइन्युट पुर्व पश्चिम् राजमार्ग स्थित लालबन्दीमा तयार गरि फर्जी हस्ताक्षर सहितको माइन्युट भएकोले स्थानीय जनप्रतिनिधि र जनताहरुले आजको नगरसभा बिथोलेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि घट्ना स्थलमा पुगेका सर्लाही प्रहरीका डिएसपी दिपेन्द्र पञ्जियार थारु र ईप्रका बयलबासका प्रहरी निरीक्षक मन प्रसाद श्रेष्ठ द्वय आर्थिक प्रभावमा परि माइन्युट आफ्नो कब्जामा लिइ अबैध नगरसभालाई बैधानिकता दिनका लागि केहि सदस्यबाट हस्ताक्षर गराएकाले स्थानीय जनप्रतिनिधि र जनताहरुले डिएसपी पञ्जियार र प्रहरी निरीक्षक श्रेष्ठ विरुद्ध चर्को नाराबाजी गर्नुका साथै पञ्जियारको गाडीमा तोडफोड समेत गरेका छन् ।

यस्तो छ हेर्नुहोस् भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !