१९ बैशाख २०८१, बुधबार

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन


मातृकाप्रसाद मरासेनी

काठमाडौँ । हृदयघातका कारण आज विहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ ।

बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार न्यायाधीश मरासेनीकि छोरी पोखरामा हुनुभएको र उहाँ पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !