१२ असार २०८१, बुधबार

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो


पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई कतारमा पक्राउ गरी आज नेपाल ल्याइएको छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँलाई इन्टरपोल दोहाको सहयोगमा कतारमा पक्राउ गरी उक्त मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए ।

खाँविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । त्यसपछि अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही माघ २ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !