८ श्रावण २०८१, मंगलबार

सेक्युरिटी प्रिन्टिङ प्रकरणका अभियुक्तहरु विकल पौडेल र सुनील पौडेल पक्राउ


विकल पौडेल र सुनील पौडेल

काठमाडौँ । नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । दुई पौडेल दाजुभाइलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।

यी दुवै जना सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचारमा मुछिएका छन् । अख्तियारको टोलीले मण्डिखाटारमा विकल पौडेलको घरमा र शान्तिनगरस्थित सुनिल पौडेलको घरमा छापा मारेको छ ।

आज बुधबार अख्तियारको टोलीले दुवैलाई पक्राउ गरी अख्तियारको हिरासत राखिएको छ । शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टदोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।

२०८० असोज १५ मा सुनील पौडेललगायत व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो भने २०८० वैशाखमा विकल पौडेललगायत विरुद्ध करिब ७० करोड रुपैंया बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !