१३ आश्विन २०८१, आइतबार

धनगढीमा पाँच तलाबाट हामफालेर व्यवसायीले गरे आत्महत्या


मृत्यु

धनगढी । धनगढीका पाँच तलाबाट हामफालेर एक व्यवसायीले आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् ।

अग्रवालले बुधवार बिहान करिब ११ः२० बजे हाम फालेर घाइते भएपछि तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो । उपचारको क्रममा अग्रवालको मृत्यु भएको प्रहरीले बताएको छ ।

अग्रवालले धनगढीमा शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका थिए । आत्महत्या गर्नुको कारण भने अझसम्म खुलिसकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !