१६ असार २०८१, आइतबार

कति रहेका छन् अफगानिस्तानमा नेपाली: वैदेशिक रोजगार विभाग


Baideshik-Rojgar-Bivag

७,असार २०७३-अफगानिस्तानको राजधानि काबुलमा भएको अात्मघाति बम फिस्फोेमा परी १२ जना नेपालीहरुको ज्यान गएपछि त्यहाँ नेपालीहरुको अवस्था कस्तो छ र कतिको संख्यामा नेपाली त्यहा रहेका छन् भन्ने जनचासो को विषय बनेको छ,

२०६१ भदौ १६ मा इराकमा १२ नेपाली कामदार मारिएपछि सरकारले त्यहाँ जान प्रतिबन्ध लगाएको थियो । तर वैधानिक रूपमा नेपाली कामदार जान रोकिए पनि अवैध बाटोबाट नेपाली जाने क्रम रोकिएको छैन । घटना सेलाएलगत्तै वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले अफगानिस्तानलाई आंशिक रूपमा खुल्ला गरेको थियो।

वैदेशिक रोजगार विभागका अनुसार १२ मेनपावर व्यवसायी नेपालीलाई अफगानिस्तान पठाउन सक्रिय छन् । वैदेशिक रोजगार विभागका अनुसार गत वैशाखमा मात्रै १ सय ४९ नेपाली कामदार श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेको देखिन्छ । अर्थात् औसतमा दैनिक पाँच जना नेपाली श्रमका निम्ति वैधानिक बाटोबाट त्यहाँ पुग्छन् ।

आर्थिक वर्ष २०७२/७३ को वैशाख मसान्तसम्म १ हजार २ सय १३ नेपाली कामदार कानुनी रूपमै अफगानिस्तान पुगेका छन् । जसमा व्यक्तिगत स्वीकृतिमा जाने कामदारको संख्या १ हजार ५५ छ भने संस्थागत स्वीकृतिमा १ सय ५८ जना । तीमध्ये अधिकांश पुरुष छन् । चालु आर्थिक वर्षमा २ जना महिला मात्रै वैधानिक रूपमा अफगानिस्तान पुगेको देखिन्छ ।

विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीका अनुसार राष्ट्रसंघ र कूटनीतिक नियोगमा मात्रै नेपाली पठाइने गरेका बताए । त्यसका अलवा व्यक्तिगत श्रम स्वीकृतिमा जाने डाक्टर, इन्जिनियर र प्रोफेसरको पनि सानो संख्या छ ।

अफगानिस्तानमा कति नेपाली छन् ?

आर्थिक वर्ष ०५९/६० : ७२
आर्थिक वर्ष ०६०/६१ : ३२७
आर्थिक वर्ष ०६१/६२ : ०
आर्थिक वर्ष ०६२/६३ : ३२
आर्थिक वर्ष ०६३/६४ : १८२
आर्थिक वर्ष ०६४/६५ : १४००
आर्थिक वर्ष ०६५/६६ : १५३८
आर्थिक वर्ष ०६६/६७ : ७३५
आर्थिक वर्ष ०६७/६८ : ६५५
आर्थिक वर्ष ०६८/६९ : ८२३
आर्थिक वर्ष ०७० /७१ : ६०५
आर्थिक वर्ष ०७१/७२ : १५०१
आर्थिक वर्ष ०७२/७३ वैशाख मसान्तसम्म : १२१३

स्रोत : वैदेशिक रोजगार विभाग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !