२० बैशाख २०८१, बिहिबार

चैत १५ गतेदेखि एसईई सुरू हुने (तालिकासहित)


राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

बोर्डको आइतबारको निर्णयअनुसार चैतमा एसईई सञ्चालन गर्ने निर्णय भएको हो। बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरिसकेको छ । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

परीक्षाका लागि चार लाख ८९ हजार विद्यार्थीले सहभागी हुन आवेदन दिएका छन्। परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थीले सहभागी हुन आवेदन दिएका छन् ।

यस्तो छ हेर्नुहोस् राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले निकालेको सूचना

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !