१२ असार २०८१, बुधबार

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार


प्रदिप परियार

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएका हुन् ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरिएको छ । स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहवीच विवाद सुरु भएको थियो ।

काठमाडौं महानगरका मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई बिदामा बस्न दबाव दिएपछि उनी बिदामा थिए । विवादकै वीच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !